इटहरी र क्यालिफोनिर्याको वर्कली नगर विच भगिनी सम्वन्ध स्थापित गरिने

इटहरी : इटहरी र अमेरिका स्थित क्यालिफोनिर्याको वर्कली नगर विच भगिनी सम्वन्ध स्थापित गरिने भएको छ । भगिनी सम्वन्ध स्थापनाका लागि पहल थाल्ने कार्यपालिका वैठकले निर्णय गरेको छ ।

वर्कली सिटि स्थित लायन्स क्लवका डिस्ट्रिक गर्भनर राजन थापाको पहलमा भगिनी सम्वन्ध स्थापनाको प्रक्रिया सुरु गरिएको हो । भगिनी सम्वन्धका लागि इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले त्यहाँका मेयर जेइसी अरिगनलाई औपचारिक पत्र पठाएपछि प्रक्रिया अघि वढने छ । दुईलाख वढि जनसँख्या भएको वर्कली सिटि शिक्षा क्षेत्रमा प्रशिद्ध छ । त्यहाँ निक्कै प्रसिद्ध क्यालिर्फोनिया विश्वविद्यालय रहेको छ । विकासमा निक्कै अघि रहेको अमेरिकी नगर सँगको भगिनी सम्वन्धले त्यहाँको विकासको अवस्थाको सिकाइ र शिक्षा,स्वास्थ्य,सस्कृति र पर्यटनको क्षेत्रमा सहयोग हुनसक्ने इटहरीका मेयर द्वारिकलाल चौधरीको अपेक्षा छ ।

कार्यपालिकाको वैठकले योजना संचालन सम्वन्धि कार्यविधि स्वीकृत गरेको छ । वैठकले केहि योजनालाई वहुवर्षिय योजनाका रुपमा कार्यावन्यन गर्ने निर्णय गरेको छ । यसैगरि चालु आर्थिक बर्षको आर्थिक ऐनमा ब्यवस्था भएअनुसारको बिभिन्न प्रकारका करहरु असोज मसान्त सम्म चुक्ता गर्ने करदातालाई दिइने छुटको अवधि पुष मसान्त सम्म कायम गरिएको छ । इटहरी ११ वुढि खोला किनार सिमरवना देखि नहरको डिलैडिल पश्चिम तर्फ मिठिठ चौकसम्मको करिव १० किलो मिटर सडक जीर्ण भएकाले दशै अघि नै मर्मत गर्ने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार