इलामको पूर्वी भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन हुने

इलाम  : इलामको पूर्वी भारतीय सीमा क्ष्ँोत्रमा अब सशस्त्र प्रहरी परिचालन हुने भएको छ । सीमा क्षेत्रको सुरक्षा, अपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उदेश्यले बोर्डर अब्जरबेशन पोष्ट (बिओपी)राख्ने तयारी भएको हो । इलामको छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ र सन्दकपुरमा शसस्त्रको बिओपी क्याम्प बस्ने भएको हो ।

गुल्मवाट गणमा स्त्तर उन्नती भएपछि सशस्त्र प्रहरी बल, नेपाल १ नं. गण इलाामले सीमा सरक्षाकालागि पोष्ट खडा गर्ने भएको हो । २०७५ जेठ २७ गते मन्त्री परिषदको निर्णय अनुसार गत साउन १३ गुल्मलाई स्तरउन्नती गर्दै गणमा परिणत गरिएको थियो । सरकारको नीति अनुरुप तत्तकाल जिल्लाका ४ स्थानमा बोर्डर अब्जरबेशन पोष्ट रहने छ ।

पूर्वी पहाडी जिल्लाको सीमा सुरक्षालाई ध्यान दिदै पा“चथरको प्राङवुङ, चिवाभञ्ज्याङ र तोप्लेजुङको ओलाङचुङगोलामा पनि पोष्ट स्थापना हुने छन् । भारततर्फ हरेक ३ किलोमिटरमा एसएसबी रहे पनि नेपालतर्फ सीमा क्षेत्रको सुरक्षामा प्रशासनको उपस्थिती शुन्य भएको गुनासो आउने गरेको थियो । सीमा पिल्लर हराउने, दशगजा क्षेत्रको अतिक्रमण हुने र सीमा क्षेत्रमा नै अतिक्रमण हुने गरेको सरोकारवालाले गुनासो गर्दै आएका थिए । पोष्ट राखेपछि सीमा सुरक्षालगायत शान्ति सुरक्षामा उल्लेख्य सुधार हुने गणका सशस्त्र प्रहरी उपरिक्षक विदुर खड्काले जानकारी दिए ।

सन्दकपुरदेखि रोङ गाउ“पालिकाको सलकपुरसम्मको ५२ दशमलव ५ किलोमिटर क्षँेत्रले भारतलाई छोएको छ । प्रत्येक १३ किलोमिटरमा बिओपी रहने गरी पोष्ट स्थापना हुने छन् । जिल्लाका ४ स्थानमा बिओपी राख्ने निक्र्यौल भए पनि तत्काल पशुपतिनगरमा पोष्ट रहने छ । सशस्त्र प्रहरी निरिक्षकको कमान्डमा ३५ जनाको टोली वस्नेछ । पशुपतिनगरस्थित पुरानो भन्सार कार्यालयमा पोष्ट रहनेछ । दशैं अघि नै त्यहा“ पोष्ट खडा भइसक्ने सशस्त्र प्रहरी उपरिक्षक खड्काले जानकारी दिए ।
अन्य स्थानमा पोष्ट स्थापनाकालागि जग्गासहित बासस्थानको व्यवस्थाकालागि जिल्ला सुरक्षा समितिवाट सिफारिश भइसकेको वताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार