इलाम : संघीय समाजवादी फोरम नेपालको भादृ संगठन समाजवादी विद्यार्थी फोरम नेपाल इलामको अध्यक्षमा पुन: रामकुमार लिङदम निर्वाचित भएका छन् ।
बिहीबार इलाममा सम्पन्न ऐतिहासिक दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा पुन: लिङदमलाई निर्वाचित गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा पवित्रा राई र रोचक योङहाङ, सचिवमा शिल्पा राई, सहसचिव सृष्टि खापुङ, सुजन आङबुहाङ र विपन लिम्बू तथा कोषाध्यक्षमा सन्जय चेम्जोङ निर्वाचित भएका छन् ।
सदस्यहरुमा अनिल लिम्बू, इक्साहङ लिम्बू, सजिता राई, खेमराज गुरुङ, सुसान्त गुरुङ, सृष्टि मगर, सुजन आचार्य, सन्तोष खाती, दावा तामाङ लगायत रहेका छन् ।
समाजवादी बिद्यार्थी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष सुवास लाबुङको प्रमुख आतिथ्यमा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा विशेष अतिथिद्वय समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रीय सचिवालय सदस्य सन्जय राई र भरत याक्खा, संघीय समाजवादी फोरम नेपाल १ नम्बर प्रदेश सदस्य विनोद नेम्वाङ, संघीय समाजवादी फोरम नेपाल इलामका सदस्य प्रकाश राई, संघीय प्रेस फोरम नेपाल इलामका अध्यक्ष ज्ञानु केदेम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बन्द सत्रमा अध्यक्ष मण्डल संयोजक समाजवादी बिद्यार्थी फोरम नेपालका केन्द्रीय सचिवालय सदस्य तथा इलाम जिल्ला इन्चार्ज रन्जित राईको संयोजकत्वमा केन्द्रीय सदस्य रोशन राई र पार्टीका इलाम सदस्य प्रकाश राई रहेका थिए ।
अधिविशन आयोजक समितिका संयोजक राम लिङदमको अध्यक्षता भएको उद्द्धाटन कार्यक्रमको संचालन शिल्पा राईले गरेकी थिईन ।