बलात्कारी र हत्यारालाई संरक्षण गरेको भन्दै नेवि संघद्वारा विरोध प्रदर्शन

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारवाही माग गर्दै नेवि संघले विरोध प्रदर्शन गरेको छ ।

सोमबार दिउँसो १ बजे निर्मलालाई न्यायको निम्ति भन्दै विरोध प्रदर्शन गरेको हो ।

जुलुस विश्व भाषा क्याम्पस ,प्रदर्शनीमार्गबाट सुरु भएर प्रदर्शनी मार्ग हुँदै पुतली सड्कसम्म बिरोध जुलुस निस्किएको थियो ।

संघको केन्द्रीय समितिको आयोजना र नेबि सघ अध्यक्ष नैयनशिह महर र महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा निस्किएको जुलुसका सहभागिहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए ।

निर्मलाका हत्याराहरु पक्राउ नपर्दासम्म दबाबमूलक कार्यक्रम नरोकिने संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार