झापा : नेपाल आदिवासी जनजाति महासंघ कमल गाँउपालिका समन्वय परिषदको अध्यक्षमा छत्रहाङ फागो चुनिएका छन् ।
शनिवार क्याम्पास्थित गाउँपालिकाको सभाहलमा सम्पन्न प्रथम गाँउपालिकास्तरिय प्रथम अधिबेशनले फागोको अध्यक्षतमा कार्यसमिति गठन गरिएको छ ।
परिषदको अध्यक्षमा मतदाननै भएको थियो । साविक लखनपुर र तोपगाछी समायोजन गरि कमल गाँउपालिका बनेपछि महासंघलाइै सोहि ढाँचामा अधिबेशन मार्फत रुपान्तरण गरिएको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षत्रयमा अक्कलवहादुर गुरुङ, देवकी चौधरी र लालवहादुर सुनुवार ,सचिवमा मनबहादुर तामाङ, सहसचिवद्धयमा उदयप्रकाश राई र रत्नमाया धिमाल र कोषाध्यक्षमा संगीता राजवंशी चुनिएकी छन् ।
जनजाति महासंघ झापाका अध्यक्ष पारसमणि राईको प्रमुख आतिथ्यतामा भएको अधिबेशनको उद्घाटनमा गाउँपालिकाका प्रशासकीय अधिकृत युवराज ढकाल, वडाध्यक्ष पृथ्वीपति राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।