काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानमा प्रहरीले व्यापक त्रुटि गरेको राष्ट्रिय मानवअधिकार आयोगले निष्कर्ष निकालेको छ ।
छिटो अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउनुपर्नेमा कञ्चनपुर प्रहरीको अनुसन्धान कार्य प्रक्रिया संगत नभएको आयोगको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । ‘प्रहरीको ठूलो कमजोरी देखियो, आयोगले महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा सदस्य तथा प्रवक्ता मोहना अन्सारीले भनिन्, ‘प्रमाण संकलनमा प्रहरीले प्रक्रियागत ढंगबाट नगर्नु ठूलो कमजोरी हो ।’
प्रहरीका जिम्मेवार अफिसरहरूले जिम्मेवारीपूर्वक अनुसन्धान नगरेको बताइन् । ‘प्रहरीको प्रमाण संकलनमै त्रुटि छ’, उनले भनिन्, ‘घटनास्थलको प्रमाण संकलन गरेको पाइएन ।’ आयोगले प्रहरीले पक्राउ गरेर यातना दिएका चक्रदेव बडु, हेमन्ती भट्ट र दिलीप सिंह विष्टलाई पक्राउ गरेको कारण र कुन मुद्दा चलाएको बारे प्रहरीलाई सोधिएको उनको भनाइ छ
उनले प्रहरीले प्रक्रिया मिचेर काम गरेको उल्लेख गरिन् । निर्मला हत्याकाण्डको अनुसन्धानका नाममा प्रहरीले केही नागरिकलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै उनले आपत्ति प्रकट गरिन् । घटनालाई आयोगले गम्भीर रूपमा लिएको उनको भनाइ छ । घटनाको स्थलगत अध्ययन, पीडित परिवार, पक्राउ परेका परिवारका सदस्य र व्यक्तिसँग आयोगले भेट गरेको थियो ।
प्रवक्ता अन्सारीले प्रहरीका जिम्मेवार अफिसरहरूले जिम्मेवारीपूर्वक अनुसन्धान नगरेको बताइन् । ‘प्रहरीको प्रमाण संकलनमै त्रुटि छ’, उनले भनिन्, ‘घटनास्थलको प्रमाण संकलन गरेको पाइएन ।’ आयोगले प्रहरीले पक्राउ गरेर यातना दिएका चक्रदेव बडु, हेमन्ती भट्ट र दिलीप सिंह विष्टलाई पक्राउ गरेको कारण र कुन मुद्दा चलाएको बारे प्रहरीलाई सोधिएको उनको भनाइ छ ।
कञ्चनपुरमा सञ्चारकर्मीसँगको भेटघाटमा आयुक्त अन्सारीले प्रदेश–७ मा महिला हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएको बताइन् । उनका अनुसार आयोगले प्रहरीसँग मागेको तथ्यांकमा एक वर्षको अवधिमा १ हजार ४ सय ८० बलात्कारका घटना भएका छन् ।
जसमा ८ सय जबरजस्ती करणीका छन् । कञ्चनपुरकी निर्मला पन्तको घटनाको प्रहरीबाट हाल भइरहेको अनुसन्धान प्रगतिको अवस्था एवं आयोगको टोलीले घटनाको स्थलगत अनुगमन गरेको थियो । उच्चस्तरीय टोलीले सम्बन्धित सबैसँग भेटेर छलफल गरेको सुनाइन् । आयोगको विज्ञप्तिमा प्रहरीको त्रुटि नभएको भए अपराधी पत्ता लाग्ने उल्लेख छ ।
प्रहरी अनुसन्धानमा फेरि शंका
१० साउनमा रोशनी बमको घरमा गएकी निर्मला पन्त साँझसम्म नफर्केपछि परिवारले सोधपुछ गरे । आमा दुर्गादेवी केही साथी लिएर रोशनी बमको घरमा जाँदा घरको कम्पाउन्डभित्र पस्न दिएनन् । भोलिपल्ट नजिकैको उखुबारीमा निर्मलाको शव भेटिएको थियो । पोस्टमार्टमपछि उनको बलत्कारपछि हत्या भएको पुुष्टि भइसकेको छ ।
एक महिनासम्म प्रहरीले अनुसन्धानका उल्टा विवरण सुनाउन थाल्यो । स्थानीय प्रहरीसँग आक्रोशित भए । पछि ९ भदौ बिहान बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्यो । कञ्चनपुरका एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्ने निर्णय भयो । सिडियो, डिएसपीहरू नयाँ पठाइयो ।
निर्मला होमवर्क गर्न गएको घरबाट बम दिदीबहिनी रोशनी र बबितालाई पक्राउ गर्न गृहमन्त्रालयले जिल्लालाई निर्देशन दियो । डिएसपी ज्ञानबहादुर सेठी र निरीक्षक एकेन्द्र खड्कालाई मन्त्रालयले मुख्यालय बोलायो । निलम्बित एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्तका मेयर सुरेन्द्र विष्टका भतिजा आशुष अनुसन्धानको दायरामा ल्याउने निर्णय गृह प्रशासनले गर्यो ।
तर, प्रहरीले जुन घरबाट निर्मला हराएकी थिइन्, त्यहीँबाट अनुसन्धान थालेन । आन्दोलन उग्र भएपछि मात्र बम दिदिबहिनी पक्राउ परेका थिए । शंका लागेका जति सबैमाथि अनुसन्धान गरिएन ।
पीडित परिवार र स्थानीयको आवाजलाई कञ्चनपुर प्रहरी प्रशासनले तीन हप्तासम्म घटना लुकाउने प्रयास ग¥यो । पीडित परिवार र स्थानीयले बम र विष्टहरूमाथि आशंका गर्दै आएका थिए । तर, अहिलेसम्म सोधपुछबाट बम दिदीबहिनीबाट घटनामा संलग्नता नभेटिएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको स्रोतले जनाएको छ । यस्ता विवरण आउन थालेपछि फेरि प्रहरी संशेदनशील नभएको पीडितहरूले बताउन थालेका छन् ।
पुनः प्रहरीको ध्यान मानसिक सन्तुलन गुमाएका भनिएका दिलीपसिंह विष्टतिर नै मोडिएको छ । बम दिदीबहिनी, एसपीका छोरा र मेयरका भतिजााथि शंका गर्ने आधार कम हुँदै गएको प्रहरी स्रोत बताउँछ । यसले पनि प्रहरी वास्तविक अपराधी लुकाउन फेरि सक्रिय बन्ने संभावना बढेको छ ।
प्रहरीले घटनाको अनुसन्धान थालेको २६औँ दिनमा भीमदत्त नगरपालिका–१९, बागफाँटाका ४१ वर्षीय दिलीपसिंहलाई मुख्य अभियुक्तको रूपमा सार्वजनिक गरेको थियो । तर, स्थानीयले यो कुरा पत्याएन् । अझै दिलीपसिंह पीडक हुन् भन्ने आधार कतै देखिँदैन ।
सरकारले कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेर अनुसन्धान थालिसकेको छ । उच्चस्तरीय समितिले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । सुरुमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरेको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी नेतृत्वको टोलीले समेत प्राविधिक सहयोग गरेको थियो ।
स्थानीयको विरोधपछि अहिले वरिष्ठ उपरीक्षक नेतृत्वमा सिआइबीको टोली कञ्चनपुर खटिएको छ । एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा डिएसपी कमल थापा र दुई जुनियर प्रहरी अधिकृतसहित गएको प्रहरी टोलीले घटनाको सूक्ष्म अध्ययन, विश्लेषण र अनुसन्धान गरेको जनाएको छ ।
अपराध अनुसन्धानमा प्रदेश–७ मा स्थापना गरिएका डग क्यानल प्रयोगमा नल्याउँदा अपराधी पत्ता लगाउन थप जटिलता भएको स्रोतले बतायो । तर, उच्चस्तरीय समितिले आफ्नो कामलाई अन्तिम चरणमा पु¥याएको बताएको छ । प्रहरीले घटनालाई ढाकछोप गर्दा अनेक प्रश्न उठ्न सुरु गरेका छन् । आजको सौर्य दैनिकमा खबर छ ।