राष्ट्र बैंकको कार्यालयमा प्रदेश सरकारको ताला

  नयाँ बुलन्द
0 Shares

जनकपुरधाम : राष्ट्र बैंकले प्रदेश सरकारलाई नटेकोेभन्दै राष्ट्र बैंकको जनकपुरस्थित कार्यालयमा ताला लगाइएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै मन्त्री आफैंले राष्ट्र बैंकको कार्यालयमा ताला लगाएको हाम्रा संवाददाताले बताएका छन् । प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आइतबार रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छ ।

तर, संघीय सरकार मातहतका कार्यालयले विदा अवज्ञा गरेपछि प्रदेशका आन्तरिक मामिलामन्त्री आफैं जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन् ।

संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेकाले तालाबन्दी गर्नुपरेको मन्त्री यादवले बताए । प्रदेश सरकारको निर्णयलाई अटेरी गरे कानूनी उपचार समेत खोज्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार