बस र ट्रक ठोक्क्दाँ २८ घाइते

  नयाँ बुलन्द
0 Shares

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डमा शनिबार बिहान बस र ट्रक एक आपसमा ठक्कर खाँदा २८ घाइते भएका छन् ।

दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेकोे थियो ।

बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार