४५ हजार घुससहित लेखापाल अख्तियारको फन्दामा

अखिलेशकुमार यादव 

रौतहट : रौतहटको सदरमुकाम गौरमा अवस्थित जुद्ध माध्यामिक विद्यालयको लेखा सहायक प्रमोद ठाकुरलाई अख्तियारको टोलीले ४५ हजार नगद घुस लिदै गरेको बेला पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले बुधबार सहायक लेखापाल ठाकुरलाइ रंगेहात पक्राउ गरेको हो । विद्यालयको भवन बनाईरहेको निर्माण कम्पनीसंग ठाकुरले घुस माग्ने गरेको र मागेको सूचना अख्तियारले पाएपछि निगरानी गरेको थियो ।

पक्राउ परेका ठाकुर प्राविका तहका शिक्षक भएपनि हालसालै उनले सहायक लेखापालका रुपमा काम सुरु गरेका थिए । रौतहटमा केही महिना पहिले पनि अख्तियार टोलिले आफ्नो सक्रियतामा एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार