मोरङको जुडी खोलाले बगाएर १ जना बेपत्ता

नयाँ बुलन्द

मोरङ : मोरङको ग्रामथन गाउँपालिका-३ स्थित जुडी खोलाले बगाएर साउन २७ गते आईतबार २ जना बेपत्ता भएका छन ।

खोलामा पौडी खेल्ने क्रममा मोरङ रंगेली नगरपालिका-२ बस्ने वर्ष ३५ को गोपाल मुडियारी र जहदा  गाउँपालिका-३ हाथीनबन्दा बस्ने मनोज कुमार मण्डलको छोरा वर्ष १७ को मिथुन कुमार मण्डललाई आईतबार दिउँसो खोलाले बगाई बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बेपत्ता व्यक्तिहरुको प्रहरी चौकी झोराहाट  र प्रहरी चौकी मझारेबाट खटिएको टोली तथा स्थानीय गाउँलेहरु मिलेर खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार