दश वर्षीय बालिकालाई करणी गर्ने ५४ वर्षीय पुरुष पक्राउ

तेह्रथुम : दश वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बु पक्राउ परेका छन् ।

उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गोठालो गएकी बालिकालाई लिम्बुले साउन ५ गते नै करणी गरेका थिए । तर घटनाबारे बालिकाले कसैलाई थाहा नदिएपछि साउन ११ गतेसम्म पनि घटना गुपचुप भएको थियो ।

घटनालाई गाउँमै मिलाउन प्रयत्न भइरहेको थाहा पाएपछि स्थानीय अधिकारकर्मीहरुको अगुवाईमा प्रहरीमा जाहेरी दिइएको थियो । घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय संक्रान्तिबजारको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी साउन १४ गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक बासुदेव यादवले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार