ब्युटिपार्लर तालिम सम्पन्‍न

कृष्ण ओझा

पाँचथर : पाँचथरको फिदिम नगरपालीकामा संञ्चालित ब्युटिपार्लर तालिम मंगलबार सम्पन्न भएको छ । राष्ट्रिय युवा समिति पाँचथरले ३ सय ९० दिन ब्युटिसियन तालिम दिलाएको थियो ।

युवा लक्षित कार्यक्रम अन्र्तगत केन्द्रको २ लाख ३४ हजार बजेटमा तालिम सञ्चालन भएको समितीका अध्यक्ष शुमन लामाले जनाए । सुन्दरी तालिममा १० जनाले सिप सिकेका थिए । जिल्लामा करिव घरेलु साना उघोग विकास समितिको कार्यालयमा २० वटा दर्ता भएको र १० वटा दर्ताको प्रकृयामा रहेको अध्यक्ष लामाले जानकारी दिए ।

ब्युटितालिमका प्रशिक्षार्थिहरुलाइ ब्युटिसियन, निर्मला सुनुवारले प्रशिक्षण दिएकी थिइन । समितिका अध्यक्ष लामाले समापनमा, स्वरोगार वनी आर्थिकरुपमा मजबुत बन्न आग्रह गरे ।

व्यवसायिक बन्नका लागि आगामी दिनहरुमा पार्लर व्यवसायिहरुलाई सहयोग गर्दै लैजाने समेत जनाए । तालिमका सहभागीहरुलाइ लामाद्वारा तालिमको प्रमाण पत्रले सम्मान गरिएको थियो ।

प्रशिक्षक र्निमला सुनुवारलाई मायाको चिनो समेत सहभागीहरुले प्रदान गरेका थिए । केही युवा लक्षित कार्यक्रम समेत युवा समितिले गरेको छ । व्युटि पार्लर तालिम महिलालाइ दिईरहँदा युवा जमातले समेत व्युटोपार्लरको तालिम लिन चाहेको जनाएका छन् ।

फिदिम नगर पालिकाको फिदिम बजारमा व्यूटिपार्लर व्यवसाय निकै फष्टाएको पाईन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार