इलाम : इलामको पशुपितनगर बाट एकजाना वृद्ध महिलालाई गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
सोमबार साँझ साढेसात बजेको समयमा पशुपतिनगरको बागबिरे भन्ने स्थानमा बस्ने ७३ बर्ष कि रीता रिजालले सानो सानो पोका बनाई गाँजा बिक्री गर्ने गरेको भन्ने सुचनाको आधारमा पशुपतिनगर बाट खटिएको प्रहरी टोलिले १ के.जि. गाँजा रिजालको घर भित्र कोठामा लुकाई राखिएको अवस्थामा फेला पारी बरामद गरेको हो ।
गाँजा कोठामा फेला परेपछी महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी महिलाको इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर थप अनुसंन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।






















































