यी हुन समयमा काम नसक्ने रौतहटका कामचोर ठेकेदार (सूचीसहित)

अखिलेश कुमार यादव

रौतहट :  निर्माण कम्पनीहरूले ठेक्का लिने तर समयमा नै काम सम्पन्न नगरेको रौतहट जिल्लामा पनि फेला परेको छ । ठेकेदारले विभिन्न वाहानामा निमार्णका काममा ढिला सुस्ती गरेपछि जिल्ला प्रशासन कार्यालयले सूची तयार पारेको छ ।

जिल्ला प्रशासन कार्यालयले टोली खटाएर कामको अनुगमन गर्ने तयारी गरेको छ । भने केही ठेकेदार काम सुरु गरी सम्पर्कविहीन भएका छन् । रौतहटका १३ योजनामा ठेकेदारको ढिलासुस्ती गरेको पाइएको छ ।

काममा ढिलासुस्ती गर्ने ठेकेदारको दगत गृह मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । सडक, बाटो, पुल, नहर, विद्यालयजस्ता योजनाका काममा ठेकेदारले बर्सो देखी ढिलासुस्ती गरेको पाइएको छ । विभिन्न स्थानमा ५ पुलको निर्माणको काम अति सुस्त गतिमा भइरहेको छ । त्यस्तै ४ सडक निर्माणको कामको अवस्था पनि उस्तै छ ।

१ नहर १ रिङरोडको काममा निर्माण कम्पनीले काम ढिला गरेको छ । शिवशक्ति, धनञ्जय, चौधरी जेभीले ठेक्का गरेको पथराबुधराम उच्च माविको भवन निर्माणमा मुद्दा परेपछि सर्वोच्च अदालतले यथावत् राख्न आदेश गरेको छ ।

त्यस्तै गोर्खा, स्काई , कैनियन जेभीले २०६२ पुस १४ गतेबाट निर्माणको काम थालेको गौरस्थित जुद्धमाविको हेस्टेल भवन १२ वर्ष अघिदेखि अलपत्र रहेको छ । च्यूटा मौलिपुर जयनगर सडकको कामको ठेक्का पाएको थेगी कन्स्ट्रक्सन कम्पनी कैलालीले कामै नगरी सम्पर्क विहीन छ ।

२ करोड ६९ लाखमा ठेक्का गरी २०७४ असार ३० गते सम्झौता गरेको कन्स्ट्रक्सनले १ प्रतिशत पनि काम नगरेको प्रशासनको भनाइ छ । उक्त सडकको काम २०७५ भदौ ३० सम्म सक्नुपर्ने सम्झौतामा छ । तर ठेकेदार सम्पर्कविहीन भएकाले ४ महिनामा काम सक्ने सम्भावना छैन । पप्पु कन्स्ट्रक्सन पर्साले ठेक्का गरेको लालबकैया टिकुलिया पुल निर्माणको काम ६० प्रतिशत मात्र सकिएको छ ।

यस आर्थिक वर्षमा ठेकेदारले उक्त पुलको कामै गरेको छैन । पप्पुले १९ करोड ५ लाख १८ हजारमा ठेक्का गरेको हो । २०७१ असार २९ मा पुल निर्माणको सम्झौता भएको हो । २०७४ असार २५ मा काम पूरा गरिसक्नुपर्ने सम्झौता थियो । जिल्ला प्रशासनका अनुसार निजगढ फास्ट ट्रयाक, विजयपुर मेवा बंकुल भन्सार सडकको निर्माणको काम अति सुस्त गतिमा भइरहेको छ । उक्त सडकको जनकपुरको रोशन कन्स्ट्रकले निर्माण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार