“लागू औषध र दुर्व्यशनी विरुद्ध युवा सचेतना अभियान”

अतीत योङ्हाङ

इलाम : जिल्ला युवा समितिको कार्यालय, इलामले सात दिने “लागू औषध र दुर्व्यशनी विरुद्ध युवा सचेतना अभियान” अन्तर्गत आज इलाम नगरपालिकाका आदर्श मा.वि. र भगवती मा.वि. मा सचेतना/अभिमुखिकरण सम्पन्न भएको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् मातहत रहेको जिल्ला युवा समितिको कार्यालय इलामको आयोजना र जिल्ला प्रहरी कार्यालय इलामको विशेष सहयोगमा जारी अभियान जेष्ठ २२ गते सम्म सञ्चालन हुने छ ।
आदर्श मा.वि. मा विद्यालयका निमित्त प्रधानाध्यापक कृष्णनारायण श्रेष्ठको अध्यक्षता र भगवती मा.वि. मा प्रधानाध्यापक प्रेम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला युवा समिति इलामको अध्यक्ष नवराज शंकर र प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले सहजीकरण गर्नुभएको थियो भने जिल्ला युवा समितिकाे कार्यालय इलामका कार्यालय प्रमुख बाबुराम पाेखरेलकाे स्वागत मन्तव्य रहेकाे थियाे ।

आदर्श मा.वि. मा भएको कार्यक्रममा एक सय ५८ जना र भगवती मा.वि. मा भएको कार्यक्रममा ८१ जनाको उपस्थिति रहेको थियो ।जेष्ठ १६ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने लागू औषध र दुर्व्यशनी विरुद्ध युवा सचेतना अभियान इलाम नगरपालिकाको १२ वटा विद्यालयमा सञ्चालन हुनेछ । भोलि शुक्रबार इलाम सदरमुकामस्थित ग्रीनभ्याली र इलाईट इङ्लिस बोर्डिङ्ग स्कुलमा कार्यक्रम हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार