युद्धबहादुर बोहोरा
झापा : अर्जुनधारा नगरपालिका- ७,सूचना तथा सचेतना मञ्च द्वारा आयोजित पाँच दिने पत्रकारिता तालिम संचालन भएको छ।
मञ्चका अध्यक्ष केदार प्रसाद खतिवडाको अध्यक्षता र वडा न.- ७ का अध्यक्ष नवराम ढुंगाना (नवीन) को प्रमुख आतिथ्यमा तालिमको उद्घाटन भएको छ। उद्घाटनमा प्रमुख अतिथिले हरेक सूचना र समाचार प्रवाह गरि जनतालाई सुसूचित गर्ने एक मात्रै माध्यम पत्रकारिता भएकोले यस क्षेत्रमा आफुले व्यक्तिगत र वडा कार्यालय मार्फत सक्दो सहयोग गर्ने बताए।तालिमले प्रशिक्षार्थीलाई पत्रकारिता क्षेत्रको प्रवेशमा थप सहयोग पुग्ने उनको भनाइ छ।
त्यस्तै,मञ्चका अध्यक्ष खतिवडाले आगामी दिनमा प्रभावकारी तालिम संचालन गरि स्थानीय क्षेत्रबाट सक्षम पत्रकारहरु उत्पादन गरिने जानकारी दिए। विशेष अतिथि अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले आफ्नो अनुभव र पत्रकारिताको महत्त्व सहित कार्यक्रम सफलताको शुभकामना राखे।
३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिममा अग्रज पत्रकार अमित खम्बु,प्रेम आचार्य,कुमार भट्टराई ,दिपिन राई र रमेस समदर्सी राइले सहजीकरण गरिरहेको तालिम संयोज कमल पोख्रेल जानकारी दिए। युवाहरुको संचार तर्फ उत्साह बढेकोले तालिम संचालन गरिएको संयोजक पोख्रेलले बताए। कार्यक्रम उर्मिला दाहालले संचालन गरेकी थिइन्।






















































