धरानमा पहिलो पटक साइकलिङ प्रतियोगिता हुने

प्रबीण राई

धरान : सुनसरी जिल्ला साइकलिङ संघले १ नम्बर प्रदेश स्तरीय साइकलिङ प्रतियोगित गर्ने भएको छ ।

सुनसरी जिल्ला साइकलिङ संघको आयोजना तथा धरान उपमहानगर पालिकाको संयोजनमा आगामी २९ बैशाखमा प्रथम मेयर क्रस कन्ट्री च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्न लागेको धरानमा पत्रकार सम्मेलन गरि  सहसंयोजक सुधिरसिङ लिम्बुले जानकारी दिए ।

‘स्वास्थ्य रहौ बाताबरण सफा राखौ’ भन्ने मुल उद्देश्य रहेको र धरानलाइ साइकल सिटिको रुपमा बिकास सँगै साइकलिङ पर्यटन प्रबर्द्धन गर्नको लागि यो प्रतियोगिता गर्न लागि रहेको संघका उपाध्यक्ष राजेन लिम्बुले बताए ।

प्रतियोगितामा मोरङ, झापा, धनकुटा, इलाम, संखुवासभा, उदयपुर र सुनसरीका १ सय ५० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगितामा गल्स ओपन, १८ वर्षदेखि मुनि, जुनियर भेट्रोन र १८ वर्षदेखि माथी ४० वर्षसम्मका प्रतियोगीहरु रहने छ्न् ।

बिजयपुर चौकदेखि शुरु भएर पन्चकन्या मन्दिरको मुल गेटसम्ममा १८ वर्षदेखि मुनिका र ओपन गल्सले ३ राउण्ड जम्मा १४ किलोमिटर र जुनियर भेट्रान र १८ बर्ष भन्दाकाले ५ राउण्ड २१ किलोमिटर दौड लगाइनु पर्ने रहेको पनि बताए । त्यसैगरि १८ वर्ष मुनिका र माथीकालाई पुरस्कार राशीमा प्रथमलाइ ५ हजार, दृतीयलाइ ३ हजार र तृतीयलाई २५ सय साथै ट्रफी र प्रमाणपत्र दिइनेछ । त्यसरी नै जुनियर भेट्रोन र गल्स ओपनलाइ प्रथम १५ हजार दृतिय १० हजार र तृतीय लाई ५ हजार सहित ट्र्फि र प्रमाणपत्र बितरण गरिने भएको छ ।

करिब १ लाख ५० हजार बजेट रहेको यो प्रतियोगिताका बाहिर जिल्लाबाट आउनुहुने प्रतियोगीहरुलाइ बस्न र खानको ब्यवस्थापन रहेको संघका प्रचारप्रसार समिति संयोजक दिलिप रिनोहाङले बताए । उनले यदि प्रतियोगिहरु लडि घाइते भएको अवस्थामा धरान रेडक्रस र रोटरि क्लब संग उपचारकालागी कुर भैसकेको पनि बताए ।

यस साइकलिङ संघले देशमा महाभुकम्प गएको बेला संघका केही सदस्यहरु सिन्धुपाल्चोक गै सहयोग गरेका र क्यानसर दिवसमा प्रत्येक पटक र्याली लिकालेको पनि बताए । यस संघमा दर्ता भएको साइकलिङ्हरु ३३ जना र नभएकाहरु जम्म्मा २५० देखि ३०० जना रहेको पनि वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार