‘प्रेम राई बचाउ अभियान’ का लागि मिनि मेला

वीरु पापो

दानाबारी : इलामको माई नगरपालिका गुनमुनेमा सात दिने मिनी मेला सुरु भएको छ । माइ नगरपालिका ४ शुक्रबारेका प्रेम राई बचाउ अभियानका लागि मिनि मेलाको आयोजना गरिएको जनाइएको छ ।

मेला आयोजक कमिटिका अध्यक्ष सुबास राइको सभापतित्वमा तथा माइ नगरपालिकाका प्रमुख दिपककुमार थेबेको प्रमुख आातिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा माई नगरपालिका वड नम्बर ९ का वाड अध्यक्ष लिला राई, वडा नम्बर ३ का अध्यक्ष शेरबहादुर येक्तेनले शुभकामना दिएक थिए । प्रमुख दिपक थेबेले सौहार्दपूर्ण वातावरणमा मेला समापन गर्न सल्लाह दिए । कार्यक्रममा नेपाल आदसवासी जनजाति महासंघ माइ नगरपालिका अध्यक्ष बिरु पापो, वडा सदस्यहरु, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार