काठमाडौं : यातायात व्यवसायीले सडक केन्द्रित आन्दोलन पहिलो दिनमै निष्प्रभावी भएको छ । बुधबार र बिहीबार यातायात व्यवसायीले समय सरणी नमान्ने र ‘क्यु फ्रि’ छोड्ने घोषणा गरेका थिए ।
यसअनुसार गाडीवालाहरु आन्दोलनमा आएको भए आज जथाभावी रुपमा समय व्यवस्थापन नगरी सवारी छुट्थे । तर, गाडीधनीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार आफ्ना गाडी ‘क्यु फ्रि’मा छोडेका छैनन् ।सरकारले जारी गरेको रुटबाहेकमा पनि जान सकिने सरकारले दशैंको बेलमा क्यु फ्रि गर्ने गरेको छ । तर, व्यवसायीले सरकारलाई घुँडा टेकाउने भन्दै दुई दिन गाडीहरु जथाभावी रुटमा समय व्यवस्थापन नगरी चलाउने भनेका थिए ।
तर कसैले पनि घोषणा भएको आन्दोलन बमोजिम यातायात व्यवस्थालाई प्रभावित गने गरी कुनै पनि काम नगरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
व्यवसायीले समय सरणी नमान्ने घोषणा गर्दै समतिले आफूहरुले व्यवस्थापन गर्दै आएको रूट इजाजत अवज्ञा गरेर गाडी चलाउने बताएका थिए । तर, उपत्यकाबाट छुट्ने र भित्रनै चल्ने कुैपनि सवारी ‘क्यु फ्रिको आन्दोलनमा सहभागी नभएको ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता तथा प्रहरी नायक उपरीक्षक मुकुन्द मरासिनीले अनलाइनखबरलाई जानकारी दिए ।
‘क्यु फ्रि’ छोड्दा यातायात व्यवस्था प्रभावित हुने पूर्वानुमान गरेरै हामीले विहानैदेखि बसपार्क र स्टपहरुमा कडाइ गरहेका थियौं । कुनै पनि सवारीहरु त्यस्तो फ्रि क्युमा हिँडेका छैनन्,’ उनले भने,’व्यवसायी आफैं पनि यसमा सहमत भएर सहभागी भएको पाएनौं । यो सुखद कुरा हो ।’उनले नियम विपरीत चल्ने सवारीलाई कारवाही गरिने बताए ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचि सरोज सिटौला भने आन्दोलन अनरुप सवारीहरु क्यु फ्रि छोडेको दावी गर्छन् ।
‘हाम्रो घोषणा बमोजिम नै आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् । आज पनि सवारी क्यु फ्रि छोडेका छौं,’ उनले दावी गर्दै भने,’सडकमा गएर हेर्नुस्, यातायात व्यवस्थापन प्रभावित भएको छ ।’महाशाखाका सहप्रवक्ता मरासिनी भने गाडी मालिक पनि आफ्नो आम्दानीमा असर पर्ने गरी क्यु फ्रि छोड्न तयार नभएको बताउँछन् । त्यसले सवारी धनीलाई नै बेफाइदा हुने भएकाले व्यवसायी आफैं त्यसमा सहभागी नभएको उनको अनुको अनुमान छ ।
‘यो सवारीधनीकै लागि बेफाइदा हुने कुरा हो । हामीले पनि कडाइ गरेका छौं,’ उनले भने,’तेल हालेर चलाएको गाडी जथाभावी सडकमा दौडाएर किन आफ्नै घाटा ब्यहोर्थे र ?’

















































