चुलाचुली गाउँपालिकाको कार्यालयमा बम विस्फोट

राम योङहाङ

इलाम : इलामको चुलाचुली गाउँपालिका कार्यालयमा अज्ञात समूहले वम विस्फोट गराएको छ ।

शनिबार साँझ करिब साढे ८ बजे अज्ञात समूहले कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएको  छ । विस्फोटबाट सभाहलको निर्माणाधीन माथिल्लो तलामा क्षति पुगेको छ ।

बम विस्फोटबाट निर्माणाधीन हलको आठ वटा झ्यालका सिसा फुटेका छन् । त्यस्तै आल्मुनियमको सिलिङ पूर्ण रुपमा क्षति पुगेको चुलाचुली प्रहरी चौकीका इन्चार्ज देवराव केसीले जानकारी दिए ।

विस्फोट गराउने समूहले कुनैपनि पर्चा एवम् सामग्री घटनास्थलमा नछाडेकाले आशंका गर्न समेत समस्या भएको केसीको भनाइ छ । घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसरी स्थानीय सरकारको मुख्यालयमा नै बम विस्फोटको घटनाले राज्यको सुरक्षाको स्थितीलाई उदाङ्गो बनाएको छ । स्थानीय, प्रदेश र संघीय सरकारलाई नागरिकको सुरक्षाप्रति राज्यलाई प्रश्‍नचिन्ह खडा गरेको छ ।

गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले कार्यालयमा बम विस्फोटको घटनाले नागरिकलाई आतंकित बनाउने काम गरेको स्वीकार गर्दै विस्तृत विवरण नआएसम्म केही भन्न नसकिने उल्लेख बताए ।

तस्विर श्रोत : फेसबुक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार