नयाँ बुलन्द
पाँचथर : पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्बर ७ ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एकजना गम्भिर घाइते भएका छन् ।
फिदिमबाट हेँवाखोला ग्रामिण विद्युतीकरण परियोजनाका लागि विजुलीको तार लिएर भारपातर्फ जाँदै गरेको बा २ क ६६८३ नम्बरको ट्रक हिलिहाङ ७ को सिमखर्क भन्ने स्थानमा आज बिहान पौने एघार बजे सडकबाट ८ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा महोत्तरी जिल्ला बर्दिवास नगरपालिका ३ घर भएका ४० वर्षीया सहचालक उमेश सिंहको घट्नास्थलमै ज्यान गएको हो । ट्रकका चालक महोत्तरी बर्दिबास ४ कै २४ वर्षीय शिव महरा गम्भिर घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारार्थ पाँचथर अस्पतालतर्फ ल्याइदै गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमूख प्रेम साहले जानकारी दिए ।
कच्ची सडकले ओभरलोड रहेको ट्रकको भार थाम्न नसक्दा दुर्घट्ना भएको हुनसक्ने प्रहरीले जनाएको छ । दुर्घट्नामा पछिल्लो ३ दिनमा पाँचथर जिल्लामा ३ जनाले ज्यान गुमाइसकेका छन् भने २ जना गम्भिर घाइते छन ।