क्याम्पसका विद्यार्थीले गरे रक्तदान

नयाँ बुलन्द

इलाम : इलाममा हुने बढ्दो रगत अभावको समस्यालाई समाधान गने उद्देश्यले इलामका विद्यार्थीहरुले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा नेपाल युवा रेडक्रस सर्कल महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामले रक्तदानको आयोजना गरेको हो ।

सो कार्यक्रममा क्याम्पसमा एक सय २४ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेमा ४५ जना महिला र ७९ जना पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार