आमचोकमा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सुरु

नयाँ बुलन्द

आमचोक : इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ स्थित आमचोकमा तीन दिने परियोजना प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद फाकफोकथुम ३ को आयोजनामा तालिम सुरु भएको हो । स्थानीय आदिवासी जनजातिहरुलाई परियोजना प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी सीप विकास गरी जीवनस्तरमा सकरात्मक परिवर्तन ल्याउने उद्देश्यले आयोजित तालिममा २४ जना आदिवासी जनजातिहरुको सहभागिता रहेको छ ।

तालिमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष तथा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले सहजीकरण गरिरहेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषदका अध्यक्षा केवी थेगिमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले फाकफोकथुम गाउँपालिका सचिव गुरुभक्त लामिछाने, जोरधारा कृषि सहकारी संस्थाका अध्यक्ष कुलप्रसाद लामिछाने, वडा सदस्य सूर्य गिरी, महिला वडा सदस्य चनमाया, आमचोक कृषि सहकारी संस्थाका अध्यक्षा लक्ष्मण लामिछाने, सिंहदेवी माध्यमिक विद्यालयका अध्यक्ष अनिरुद्र लामिछाने, अपांग समन्वय समितिका अध्यक्ष रुपनारायण लामिछाने, दलित समन्वय समितिका सचिव लोकबहादुर लकान्द्री, आदिवासी जनजाति महासंघ वडा समन्वय परिषदका सल्लाहाकार जैनारायण कुलुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्‍चालन सचिव श्रीप्रसाद राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार