सुनिल शेर्मा
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार वडा नम्बर ५ मा राष्टिय जनमुक्तिा पार्टी र ६ मा नेपाली काग्रेसका उम्मेदा्वारको प्यानल नै विजयी भएको छ ।
वडा नम्बर ५ को वडा अध्यक्षमा राष्टिय जनमुक्ति पार्टीका नरेन्द्र राईले ४८३ मत पाएर सानदार विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी संघीय समाजवादी फोरमका केवी राईले २२० मत पाएका थिए । कांग्रेस र एमालेले कम मात्र मत पाएका थिए । वडाका अन्य चार वटै स्थानमा जनमुक्तिका उम्मेद्वारहरु विजयी भएका छन् ।
त्यस्तै वडा नम्बर ६ को अध्यक्षमा नेपाली काग्रेसका प्रदिप राई विजयी भएका छन् । उनी ६२९ मत पाएर विजयी भए । उनले नेकपा एमालेका पूर्व बाँझो गाविस अध्यक्ष समेत रहेका नेकपा एमालेका उम्मेद्वार किरण राईलाई पराजित गरेका हुन् । किरण राईले २९० मत मात्र प्राप्त गरेका थिए । सो वडा नेकपा एमालेका अध्यक्षका उम्मेद्वार हेमन्त राईको क्षेत्र हो । बाँकी चारै जना सदस्यमा एमालेकाे विजयी भएका छन् ।
यसअघि नै सो गाउँपालिकाको १ र ४ को मतगणना सकिएको थियो । १ मा नेपाली काग्रेसका भक्तहादुर लिम्बूको प्यानल र ४ मा नेकपा एमालेका अमृतबहादुर राईको प्यानल विजयी भईसकेको छ । अब २ र ३ को गणना गर्न बाँकी छ ।
हालसम्म अध्यक्षमा नेपाली काग्रेसका डिकेन्द इधिङगो २१२२ मतका साथ अग्र स्थानमा छ । उनलाई एमालेका हेमन्त राईले पछ्याईरहेका छन् । राईले १८९९ मत ल्याएका छन् । उपाध्यक्षमा भने एमालेकी सुनिता योङहाङले १६५० मतका साथ अग्रता लिईरहेकी छिन् । उनलाई संघीय समाजवादी फोरमका विनोदकुमार नेम्बाङले १४७३ मतका साथ पछ्याइरहेका छन् ।