सुजता सुनुवार
इलाम : इलामको माङसेबुङ गाउँपालिकामा नेकपा एमालेकी दलित महिला सदस्य उम्मेद्वार धनकुमारी विश्वकर्मा निर्विरोध निर्वाचित भएकी छिन् । स्थानीय तहको निर्वाचनका लागी विश्वकर्माले वडा नं. ६ बाट वडा सदस्यमा आइतबार उम्मेद्वारी दर्ता गराएकी थिइन् ।
माङ्सेबुङका निर्वाचन अधिकृत कृष्णकुमार कार्कीका अनुसार अरु कसैले पनि उम्मेद्वारी नदिएको दाबी विरोध पनि नपरेकाले विश्वकर्मा निर्विरोध निर्वाचित भएकी हुन् ।
अन्य दल तथा स्वतन्त्र तर्फबाट पनि सो पदमा उम्मेद्वारीको मनोनयन दर्ता नभएकाले विश्वकर्मा पहिलो जनप्रतिनिधिका रुपमा समेत चयन भएकी हुन् ।
कानुनी रुपमा नै हरेक वडाबाट एक जना दलित महिला निर्वाचित हुने व्यवस्था भएपछि विभिन्न अवसरबाट वञ्चित भएर बसिरहेका दलित समुदायका महिलाहरु आ–आफ्नो एजेण्डा लिएर नेतृत्वमा पुग्दैछन् ।
जिल्लामा चार नगरपालिका, छ गाउँपालिका सहित ८१ वडा रहेको इलाममा ९१ जना दलित जनप्रतिनिधि निर्वाचित हुने मुख्य निर्वाञ्चन अधिकृत नवराज दहालले बताए ।