अनेरास्ववियुले मनायो ५२ औं स्थापना दिवस

नयाँ बुलन्द

इलाम : नेकपा एमाले निकट अनेरास्ववियु इलामले ५२ औं स्थापना दिवस इलाममा मनाएको छ ।

रचनात्मक तथा अतिरिक्त कृयाकलापको आयोजना गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा सोमबार विहान इलाममा पुस्तकालयको स्थापना गरिएको छ ।

नेकपा एमालेका सचिव महेस बस्नेतले पुस्तक बाचन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा भिभिन्न ब्यक्ती, संस्था र पसलद्वारा पुस्तक उपलब्ध गराएको थियो ।

कार्यक्रम रचनात्मक तथा अतिरिक्त क्रियाकलापका संयोजक मिलन खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले सचिव बस्नेत सहित प्रेस चौतारी इलामका अध्यक्ष कोकिला ढकाल, एमाले जिल्ला सचिवालय सदस्य नवराज शंखर, अनेरास्ववियु केन्द्रिय सदस्य रबिन्द्र सुवेदी, इलाम अध्यक्ष इश्वरी तामङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको स्वागत रचनात्मक तथा अतिरिक्त कृयाकलापका सहसंयोजक अशोक लिम्बू इलामेले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार