जीवन लिम्बू
इलाम : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल इलामको तेस्रो जिल्ला अधिवेशनले दिपक योङहाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा प्रयास बान्तावा राई, उपाध्यक्षहरुमा एफके शेर्मा, कल्पना केरुङ, विरेन सम्बाहाम्फे, लालबहादुर श्रेष्ठ, तिलविक्रम बोहोरा, सनबहादुर योङहाङ रहेका छन् ।
समितिको सचिवमा निर्मला चेम्जोङ, अम्बिका योङहाङ र अर्थसचिवमा सम्झना लावती छन् । सचिवालय सदस्यहरुमा नरेन्द्र लेक्वा, सन्तकुमारी आङदाम्बे, राजन लिम्बू, कृष्ण योङहाङ, धर्मराज एक्तेन, विपिन योङ्हा, भीम लोक्ताम चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा राजन साम्बा, कुलबहादुर र्राई, भुपेन योङहाङ, खड्क बेघा, धनप्रसाद लिम्बू, कमल एक्तेन, मुस्कान एक्तेन लगायत रहेका छन् ।
अधिवेशनको उद्घाटन केन्द्रिय अध्यक्ष कुमार लिङदेनले गरेका थिए ।