मधेसीको राष्ट्रियतामाथि शंका गर्नु अपराध : बाबुराम

baburam-bhattrai

सलमान खान

भैरहवा : नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले मधेसी सामुदायको राष्ट्रियता र एकतामाथि शंका गर्नु अपराध भएको बताएका छन् । नेपाली सीमाको मधेसी सामुदायले नै रक्षा गर्दै आएको भन्दै उनले मधेसी सामुदायको राष्ट्रियता र एकतामाथि शंका गर्नु अपराध भएको बताए ।

भैरहवामा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा भट्टराईले खस आर्यले आफुलाई मात्र नेपाली ठान्ने र मधेसी भारतीय हुन ठान्ने प्रवृत्ति गलत भएको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले नेपालमा अहिले जातीय अलगाववादी र पृथकतावादीहरु हावी हुँदै गएको र दुवै एउटै सिक्काको दुई पाटो भएको दावी गरे । उनले मधेसीलाई भारतीय भन्दै जातीय अलगाववादीको कुरा गर्ने एउटा समूह र मधेस अलग राष्ट्र हुनु पर्ने कुरा गर्दै आएको पृथकतावादीहरु एउटै स्थानबाट सञ्चालन भइरहेको उनको आरोप लगाए ।

उनले अघि भने, अलगाववादी को हो ? र, पृथकतावादी को हो ? तपाईहरुलाई राम्ररी थाहा छ ।’

नयाँ शक्तिका नेता भट्टराईले मधेसी लगायतको माग सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर कार्यान्वयन गर्दै देशलाई विकासको मार्गमा लैजानु पर्ने बताए ।
देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदिय प्रणाली हुनु पर्ने भन्दै उनले यसको लागि १० लाख हस्ताक्षर संकलन गरी संसदमा बुझाउने बताए ।

कार्यक्रममा रुपन्देहीका बिभिन्न दलमा आवद्ध २ सय ९० जनाले अन्य पार्टी परित्याग गरी नयाँ शक्ति नेपालमा प्रवेश गरेको पार्टीका जिल्ला संयोजक देवेन्द्र सागर पाण्डेले बताए ।

अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार