पत्रकार किरातीलाई तत्काल विनासर्त हिरा गर्न किरात राई पत्रकार संघको माग

नयाँ बुलन्द

काठमाडौं : किरात राई पत्रकार संघ केन्द्रिय कार्य समितिले पत्रकार भद्रगोल किरातीलाई तत्काल विनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ ।

संघका महासkirat rai patrakar sanghचिव विजय चाम्लिङले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार संघका संस्थापक सदस्य तथा पूर्व महासचिव र गाउले मासिकका प्रधान सम्पादक रहेका किरातीलाई कथित किरात धर्म गुरु ओमनन्दकाबारेमा  समाचार र पुस्तिका लेखेको आरोपमा तिन दिनदेखि नियन्त्रणमा लिएकोमा गम्भीर आपत्ति प्रकट गर्दै तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।

‘आफूलाई किरात धर्म गुरु र भगवान्को रुपमा प्रस्तुत गरी किरात समुदायको मौलिक धर्म, संस्कृति र सस्ंकारहरुको अपव्याख्या गर्दै किरातीहरुको मौलिक धर्म, संस्कृति र पहिचानविरुद्ध विल्कुल नयाँ र छुट्टै किरात धर्मको व्याख्या गर्दै अभियान चलाउने, समाजलाई विभाजित गर्ने र सामाजिक वितृष्णा फैलाउने काम गर्दै आएका कथित धर्मगुरु ओमनन्दका बारेमा पुस्तिकामार्फत सत्यतथ्य सार्वजनिक गर्दा पत्रकार किरातीलाई राज्यले नियन्त्रणमा लिएको घटनाप्रति संघको तर्पmबाट गम्भीर आपत्ति प्रकट गर्दै उनलाई तत्काल विनासर्त रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘यो घटना समाजसँग सरोकार राख्ने कुनै पनि विषयमा समाचार लेख्न पाउने तथा पुस्तक/पुस्तिकामार्पmत कुनै पनि विषयमा कुनै पनि व्यक्तिले आप्mनो विचार प्रस्तुत गर्न पाउने संवैधानिक प्रेस स्वतन्त्रताको हक विपरीत समेत रहेकाले पुस्तिकामार्पmत धर्म गुरु ओमनन्दमाथि लागेका आरोपका बारेमा पनि राज्य पक्षबाट गम्भीर छानविन गर्न÷गराउन तथा पत्रकार किरातीलाई ससम्मान रिहा गराउन सम्बन्धित सरोकारवाला सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार