नालिफुङवा पाँचर अध्यक्षमा केरुङ निर्वाचित

  दुर्गाहाङ लाओती
7 Shares

पाँचथर : किरात साम्यो नालीफुङ्वा पान्जुम्भो पाँचथरको अध्यक्षमा संजय केरुङ निर्वाचित भएका छन् । फिदिम नगरपालिका ५ किरात साङसेन वरक चोत्लुङ माङहिम लब्रेमा सम्पन्न भएको पान्जुम्भोको चौथो अधिबेशनबाट केरुङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनले केरुङको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा लाजेहाङ फियाक, सचिव महेन्द्र नेम्बाङ, सहसचिब खेहाङ योङहाङ, कोषाध्यक्ष देशिला तुम्बापो निर्वाचित भएका छन् । सदस्यहरुमा राधा राई, राजकुमार फागो, सुनिता तुम्बापो, रुबिना कुरुम्बाङ निर्वाचित भएका छन् ।

किरात चोत्लुङ मुहिङगुम अंसिमाङगेन्ना सेवा समितिका महासचिब आन्छुमे नसानको प्रमुख आतिथ्यता तथा किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको अध्यक्ष दिपक तिगेलाको विशेष आतिथ्यमा भएको अधिवेशनमा किरात धर्म तथा साहित्य उत्थान संघ पान्थर अध्यक्ष धुब्र तुम्बापो, सचिब सुबास तुम्बापो, किरात साङसेन वरक चोत्लुङ माङहिम अध्यक्ष मनि चाम्लिङ, लेखक तथा अन्वेशक रमेश तुम्बापो, किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको सचिब योगेश लाओती, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको कोषाध्यक्ष मनप्रसाद चेम्जोङ लगायतले शुभकामना राखेका थिए ।

थुम पान्जुम्भोको उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष महेन्द्र लाओतीको सभापतित्वमा सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष कबिता तुम्बापोको स्वागत र सचिब ललित फेजङ र सदस्य निसा लोवाद्वयले सञ्चालन गरेका थिए ।

नालीफुङ्वा किरात धर्म सम्बद्ध तन्नेरीहरुको साझा छाता संगठन हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार