धेरै बाँचेको भन्दै आफैँलाई छुरा प्रहार !

इलाम : सुन्दा विश्वास नलाग्न सक्छ जबकी आफैंले आफैंलाई छुरा प्रहार गरे भन्दा । त्यो पनि धेरै बाँचेको भनेर। तर यो घटना सत्य हो ।

बुधबार इलामको देउमाई नगरपालिका–४ पानीटारका ७६ वर्षीय लालबहादुर कटुवालले आफैँलाई चक्कु प्रहार गरेका छन् । धेरै वर्ष बाँचेको र अब बाँच्न मन नभएको भन्दै कटुवालले पेटमा चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट घाइते उनलाई स्थानीयले देख्ना साथ प्राथमिक उपचारपछि थप उपचारका लागि झापास्थित बी एण्ड सी अस्पताल पठाइएको प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार