थपिए सवारी थपिएन पार्किङ स्थल

इलाम : इलामको सदरमुकाममा ट्याक्सी पार्क साघुँरो हुँदा असहज भएको छ ।

वर्षेनी गाडीको संख्या थपिंने क्रम बढेको तर ट्याक्सी पार्क साँघुरो भएपछि एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतिर चालक र यात्रु पनि सास्ती झेल्न बाध्य छन् ।

इलामबजारको ट्याक्सी स्टेन्ड साघुँरो भएपछि सवारी चालकका साथै यात्रुहरुले समेत समस्या झेलिरहेका छन् ।

यस स्टेन्ड जिल्लाका ग्रामीण क्षेत्र र फिदिम आवतजावत गर्ने मुख्य केन्द्र हो ।

४०/५० वटा गाडी अटाउने भएपनि सयौँँ गाडी राख्नुपर्ने बाध्यता छ । गाडी खचाखच हुँदा कहिले समयमा गाडी छुट्दैनन् त कहिले यात्रु अरु गाडीमा हिडेपछि रित्तै कुँदाउने अवस्था आउँछ ।

जसका कारण चालक र यात्रु  इलाम सदरमुकामको ट्याक्सी स्टेण्ड स्टेण्ड साँगुरो भएपछि कहिले यात्रु त कहिले सवारी चालकलाई नै समस्या पर्ने गरेको छ ।

सम्बन्धित निकायको वेवास्ताका कारण यस्तो अस्तव्यस्त भएको यातायात व्यवसायीको  गुनासो छ ।

उता,दैनिक सवारी राखेबापत कर तिरिरहेपनि पनि सेवा प्रभावकारी नभएको सवारी धनी गुनासो गर्छन् । एक त इलामवजारका सडकहरु नै साँघुरा छन् ।

अर्कोतिर ट्याक्सी स्टेण्डमा गाडी नअटपछि सडकमै पार्किङ गर्नुपर्दा बजार अस्तव्यस्त भएको छ ।

यता, इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठ भने यसलाई व्यवस्थित बनाउने पहल भइरहेको बताउँछन् ।

अव्यवस्थित सडकका कारण बेलाबखत सडक दुर्घटना हुने र यात्रु र चालकलाई पनि सास्ती हुने हुँदा यो बाध्यताको छिट्टै अन्य गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार