प्रेस युनियन इलामको अध्यक्षमा भट्टराई निर्वाचित

  नयाँ बुलन्द
0 Shares

इलाम :नेपाल प्रेस युनियन इलामको अध्यक्षमा युवराज भट्टराई (विप्लव) निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न युनियनको आठौं जिल्ला अधिवेशनले भट्टराईलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । करिब दुई दशकदेखि पत्रकारिता क्रयाशील भट्टराई कान्तिपुर मिडिया ग्रुपमा आवद्ध छन् ।

अधिवेशनले भट्टराईको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा सविता पाण्डे र सुनिता राई, सचिवमा टीका खतिवडा, सहसचिवमा यमुना लुइटेल र कोषाध्यक्षमा राजीव न्यौपाने निर्वाचित भएका छन् ।

उपाध्यक्ष पाण्डे रेडियो नेपाल र राई चियाबारी एफएम, सचिव खतिवडा राष्ट्रिय समाचार समिति, सहसचिव लुइटेल चियाबारी एफएम र कोषाध्यक्ष न्यौपाने रेडियो नेपालवाणी एफएममा आवद्ध छन् ।

यसैगरी सदस्यहरुमा शिवकुमार थापा (चियाबारी एफएम), दुर्गाभवानी पोख्रेल, प्रकाश नेपाल (इमेज खबर) र नरेन्द्र थापा (नयाँ बुलन्द डटकम) निर्वाचित भएका हुन् ।

अधिवेशनले तोयानाथ भट्टराई, ठाकुर नेपाल, दिपकराज शर्मा, दिनेश महत विनु खड्का, धर्मराज शर्मा, नरबहादुर बस्नेत, विनय तिम्सिना, गोपाल निरौला, गगन घिमिरे, कृष्ण पाठक, लिला थापा, विवेक घिमिरे, रेष्मा अधिकारी, मिना खतिवडा, सरस्वती लिम्बु, कृष्ण्कला खतिवडा, सुमित्रा खड्का, सिर्जना श्रेष्ठ र सुजता सुनुवारलाई प्रदेश पार्षदमा निर्वाचित गरेको छ ।

यस्तै विजयशेखर भट्टराई, कुवेर निरौला, सोमनाथ सुसेली, गणेश घिमिरे, प्रेम अधिकारी, लोकेन थेवे, जीवन शर्मा, रोमन आचार्य(पुजन), हरिअसिम अधिकारी, उर्मीला सुवेदी, प्रतिभा पौडेल, लता कटुवाल र अञ्जना ढुङ्गनालाई केन्द्रीय पार्षद निर्वाचित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार