बालिका हत्यारालाई कार्वाही नगरेकोमा मानवअधिकारकर्मीको चासो

चितवन : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाई कानुनी कारबाही गर्न ढिलाइ भएको भन्दै चितवनका मानवअधिकारकर्मीहरुले चासो व्यक्त गरेका छन् ।

यहाँका मानव अधिकारकर्मीहरुले विज्ञप्ति जारी गर्दै हत्याराहरुको खोजबिन गरी कानुनी कारबाहीको जिम्मेवारी लिएको सुरक्षा निकायका जिम्मेवार अधिकारीहरु नै हत्याका प्रमाणहरु नष्ट गर्न सक्रिय रहेको तथ्यहरु सार्वजनिक हुनु  निन्दनीय भएको बताएका छन् । पीडितका पक्षमा प्रमाण संकलन गर्नुको सट्टा सरकारी निकाय स्वयं प्रमाणहरु नै नष्ट गर्न लागेको कुरा मानवअधिकारका दृष्टिकोणले अत्यन्तै आपत्तिजनक छ, विज्ञप्तिमा उल्लेख छ ।

काहुराष्ट्र नेपालका केन्द्रीय सचिव विनोदखण्ड तिमिल्सेना, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव राजेन्द्र पौडेल, मानवअधिकार संरक्षण मञ्चका केन्द्रीय सचिव कपिल ज्ञवाली, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रका केन्द्रीय सदस्य विश्वनाथ ओझा, मानवअधिकार संरक्षण मञ्च चितवनकी अध्यक्ष कल्पना उप्रेती, इन्सेक चितवन प्रतिनिधि दीपेन्द्र अधिकारी, नेपाल मानवअधिकार संगठनका चितवन सदस्य दीपकबाबु श्रेष्ठ र पत्रकार महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्मलाका लागि न्यायको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार