आज विश्वकर्मा पूजा

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : आश्विन संक्रान्तिका दिन आज विश्वकर्मा पूजा गरिँदै छ ।

प्रत्येक वर्ष असोज १ गते विश्वकर्माको पूजाका साथै आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरिन्छ ।

समुद्र मन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मय सभा र देवताका हातहतियार बनाएको विश्वास गरिन्छ ।

नयाँ सवारी साधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले काठमाडौंका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

विवाह, यज्ञ, गृह प्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजा आराधना गर्ने चलन छ । विश्वकर्माको पूजा गर्नाले शान्ति र आफ्नो रक्षा हुने विश्वास छ ।

यस दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार