बालिका बलात्कार गरी फरार एकै गाउँका ८ जना प्रहरी खोरमा !

  नयाँ बुलन्द
0 Shares

इलाम : एक १३ वर्षीया बालिकालाई विभिन्न समयमा पटकपटक जबरजस्ती करणी गरी फरार रहको भनिएका इलामको देउमाई नगरपालिका-९ पारीगाउँका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा देउमाई नगरपालिका-९ पारीगाँउका ५४ वर्षीय ढुण्डीराज गिरी, १९ वर्षीय हप्पे भनिने राजेश लिम्बू, १९ वर्षीय शान्ताहाङ पत्र लिम्बू, १९ वर्षीय कान्छा भनिने कुसाङ पत्रे लिम्बू, ३५ वर्षीय वीरबहादुर खजुम लिम्बू, ५० वर्षीय कान्छा भनिने रामबहादुर लिम्बू, ६० वर्षीय भिमचन्द्र लिङदेन लिम्बू र १९ वर्षीय मिलन साँवा लिम्बु रहेका छन् ।

पीडित बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा पीडित बालिकाका हजुरबाबुको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय मंगलबारेको टोलिले शनिबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा बुझाएका हुन् । उनीहरु विरुद्ध अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उनीहरुमाथि गत वैशाखदेखि विभिन्न मिति र समयमा बेग्लाबेग्लै स्थानमा जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित बालिकाको पेटमा २४ हप्‍ताको बच्‍चा रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार