फोनिज कोरिया र तामाङ पत्रकार संघद्वारा कोरियामा आधारभूत पत्रकारिता तालिम

  टंकेश लिम्बू
0 Shares

दक्षिण कोरिया : नेपालआदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कोरिया र तामाङ पत्रकार संघ कोरियाको संयुक्त आयोजनामा दक्षिण कोरियाको सउलमा एक दिने आधारमूत समाचार लेखन तालिम सम्पन्न आइतबार भएको छ ।

“हाम्रो अभियान पुर्ण प्रेस स्वतन्त्रता र समावेशि आम संचार” भन्ने मुल नाराका साथ सञ्चालित तालिममा फोनिज कोरियाका अध्यक्ष  गोकुल थोकरले  समाचार लेखनको  विषयमा सहजीकरण गरेका थिए । नेपालको राष्ट्रिय स्तरको पत्रपत्रिकामा करिब एक दशक लामो अनुभव संगालेका वाला राईले न्युज डेक्सको अनुभवको वारेमा जानकारी दिनुको साथै फिचर राइटिङ लेखनका बारेमा सहजीकरण गरेकी थिइन् । त्यस्तै लामो समयदेखि कोरियाको पत्रकारिताको अनुभव भएका वरिष्ठ पत्रकार डम्बर सुब्बाले कोरियामा नेपाली मिडियाहरूको स्थापना, कोरियाको मिडियाको कानुन र कोरियामा नेपाली मिडियाहरूको इतिहास बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रमको अन्त्यमा बिभिन्न एफएम राष्ट्रिय स्तरको टेलिभिजनमा समाचार वचकको अनुभव भएका सीमा लामा र रेस्मा राइले पनि टेलिभिजनमा समाचार वाचनको आ-आफ्नो अनुभव राखेका थिए । तालिममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियामा आवद्ध विभिन्न जातीय संघ संस्थाहरूको प्रतिनिधिहरू र अन्य व्यत्तिहरू तालिममा सहभागीता जनाएका थिए ।

तालिम पश्चात औपचारिक कार्यक्रम फोनिज कोरियाका सम्पादक गोकुल थोकरको अध्यक्षता र नेपाल आदिवासी जनजाति महासंघका कार्यकारी अध्यक्ष मल्लिका थकालीको प्रमुख आतिथ्यामा सम्पन्न भएको थियो ।

तालिम पश्चात तालिमका सहभागीहरुलाई प्रमुख अतथी, अतिथी लगायतको हस्तबाहुलीबाट प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार