फौजदारी संहितामा चिकित्सा पेसासम्बन्धी प्रावधान संशोधन गर्न सरकार तयार

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : फौजदारी संहिताको सम्बन्धमा चिकित्सकहरुले उठाउँदै आएका विषयलाई संशोधनमा पठाउन सरकार सकारात्मक देखिएको छ ।

आन्दोलनरत् चिकित्सक र सरकारबीच सोमबार भएको वार्तामा सरकार माग पूरा गर्न सकारात्मक बनेको हो ।

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसमेत सहभागी वार्तामा फौजदारी अपराध संहितामा चिकित्सा पेसामा हुने गल्तीसम्बन्धी प्रावधान संशोधन गर्ने सहमति भएको हो ।

मेडिकल काउन्सिल, चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सम्मिलित समितिले फौजदारी अपराध संहितामा संशोधन गर्नुपर्ने विषयको सूचीसमेत तयार पारेर सोमबारै कानुन मन्त्रालय पठाउने सहमति भएको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले फैजदारी संहिताको २३० देखि २४० सम्मका बुँदा संशोधन गर्नेगरी मस्यौदा तयार पारेको तर सरकारले संशोधनको प्रस्ताव अघि बढाएपछिमात्रै आन्दोलन फिर्ता लिने बताए ।

यसैबीच, नेपाल चिकित्सक संघको आह्वानमा सोमबार पनि देशभरका अस्पतालमा प्रशासनिक काम ठप्प भएको छ । तर, अस्पतालहरु भने सुचारु नै रहेका छन् ।

आन्दोलनरत् चिकित्सकहरुले मंगलबार शल्यक्रिया नगर्ने घोषण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार