नगरले नगरेपछि युवाले बनाए बाटो

  गोबिन्द पौडेल
0 Shares

सुर्योदय : सुर्योदय  नगरपालिकाले एक सातामा अवरुद्ध सडक खोल्ने प्रतिबद्धता गरेपनि दुई साता सम्म नगरेपछि युवाहरुकै सक्रियतामा मर्मत गरि आजबाट संचालनमा आएको छ ।

बिगत केही महिना अघि सुर्योदय नगरपालिका वडा नं ६ ले हर्कटे तारगाँउ सडक निमार्ण गर्दा पहिरोले अवरुद्ध बनाएपछि उक्त बाटो नगरपालिकाले मर्मत नगरेको र सोही सडकमा निकालीएको ढुङ्गा हर्कटे तारगाँउ जिर्मले सडकमा लैजाने गरेपछि सडक निमार्ण समिति र स्थानिय युवाहरु बिच भएको बिबादलाई समाधान गर्न भौतिक पूर्वाधार समितिका संयोजक साबिक कन्याम ४ का पुर्व वडाध्यक्ष कमल पौडेल र युवाहरुको तर्फबाट प्रकास गुरुङ्ग सहित एक हप्तामा अवरुद्ध सडक संचालन गर्न नगरपालिकाले प्रक्रिया शुरु गर्ने र स्थानिय बासीहरुले नगरपालिकाको काममा सहयोग गर्ने साथै बाटो निमार्ण समितिले तल्लो बाटोबाट ढुङ्गा निकालेर माथिको बाटोमा नलैजाने सहमति गत श्रावण २७ गते भएपनि अवरुद्ध सडक खुलाउन नगरपालिकाले कुनै प्रयास नगरेको कारण आज तारगाँउका युवाहरुको सक्रियतामा बाटो मर्मत गरि खुलाईको स्थानिय किशोर निरौलाले बताए ।

सुर्योदय गरपालिका वडा नं ६ तारगाँउका धेरै नागरिकहरु बिद्यार्थी ,किसान र सर्वसाधरणहरु सोही पहिरोको वाटो भएर हर्कटे निस्कने गरेको र पहिरोको संरचना हेर्दा कुनैपनि बेला दुर्घटना हुन सक्ने संभावना सचित्र नगरपालिकालाई अवगत गराएको र नागरिकहरुको दैनिक जिवनसग सरोकार राख्ने बिषयमा सुयोदय नगरपालिका जिम्बेवार नवनेको युवाहरुको भनाइ रहेको छ ।

यदि नगरपालिकाले उक्त सडक मर्मत गर्न नसक्ने र नचाहने हो भने आफुहरुलाइ सडक मर्मत र संचालनको जिम्बेवारी लिखित रुपमा दिने हो भने उक्त सडक नागरिक स्तरबाटनै बिना बजेट नियमित संचालनको जिम्बेवारी आफुहरुले लिने स्थानिय प्रकास गुरुङ्गले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार