माङसेबुङमा ‘मोरिङ्गा टि’ उत्पादन सुरु

  नयाँ बुलन्द
21 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाका एक व्यवसायीले बहुउपयोगी वनस्पतिको रुपमा चिनिने मोरिङ्गाबाट ‘मोरिङ्गा टि’ उत्पादन सुरु गरेका छन् ।

तराइ तथा पहाडी क्षेत्रमा पाइने वहुपोषणयुक्त बुटी मोरिङ्गाबाट माङसेबुङ २ का जीवन वाङदेलले मोरिङ्गा टि उत्पादन सुरु गरेका हुन् । उनले नेपाल मोरिङ्गा टि एण्ड फुड सम्लीमेन्ट प्राइभेट लिमिटेड नामको कम्पनी स्थापना गरी मोरिङ्गालाई चिया र पाउडरको रुपमा बजारमा ल्याएका हुन् । उनले ग्रामीण क्षेत्रबाट पहिलोपटक मोरिङ्गाबाट उत्पादित उत्पादन तथा बजारीकरणको सुरुवात गरेका हुन् ।

मोरिङ्गालाई संस्कृतमा सिग्रु, हिन्दीमा सहिजन, नेपालीमा सितलचिनी, र बोटानिकल नेमका रुपमा मोरिङ्गा ओलिफेराको नामले बुझिन्छ । मोरिङ्गा नेपाल, भारत, भुटान, बंगलादेश, फिलिपिन्स, अमेरीका, बेलायत लगायत अफ्रिकी देशहरुमा समेत पाइन्छ । युरोपका देशहरुमा प्रायजसो फुड सप्लीमेन्ट, औषधि साथै विभिन्न चिया र खाद्य पदार्थको रुपमा प्रयोग गरिन्छ ।

प्राचिन समयदेखि नै मोरिङ्गालाई नेपालमा आयुवेदिक औषधिको रुपमा प्रयोग गर्दै आइरहेको थियो । यसको दानाबाट तेल र पानीलाई फिल्टर गरेर चिया तथा पाउडरको रुपमा उत्पादन गरिन्छ ।

वहुपोषणयुक्त मोरिङ्गा नियमित खाने गर्नाले स्वास्थ्यका लागि लाभदायी हुने बताइएको छ । विश्वमा गरिएका विभिन्न अनुसन्धानबाट मोरिङ्गा स्वास्थ्यका लागि फाइदाजनक देखिएको छ । मोरिङ्गालाई संजीवनी (मृत्युबाट बचाउने जडिबुटी) भएकाले वालवालिकाका लागि पनि विशेष उपयोगी भएको बताइन्छ ।

यसको व्यावासायिक उत्पादन गरेर मुलुक र मुलुकबाहिर पनि निर्यात गर्ने लक्ष्यका साथ काम सुरु गरेको नेपाल मोरिङ्गा टि एण्ड फुड सम्लीमेन्ट प्राइभेट लिमिटेड प्रोपाइटर जीवन वाङदलले बताए ।

सामान्यतया समुन्द्र सतहदेखि ११ सय मिटरको उचाइसम्म, तुसारो र हिउँ नपर्ने स्थानमा मोरिङ्गाको खेती गर्न सकिन्छ ।

मोरिङ्गाको उपयोगिता

विश्वका धेरै देशहरूले मोरिङ्गालाई जडीबुटीका रुपमा स्वीकारेका छन् । जसले गर्दा पोषणको अभाववाट मानिसलाई अकाल मृत्यु हुनबाट बचाउँछ भने बिभिन्न किसिमका रोगका निम्ति प्रतिरक्षात्मक क्षमता प्रदान गर्न मद्धत गर्दछ । मधुमेह, मुटुरोग, रक्तअल्पता, जोर्नीका समस्या, कलेजोको समस्या, श्वासप्रश्वास, चर्मरोग, पक्षघात, नपुंसकता, तथा पाचनप्रकृया जस्ता रोगहरूका निम्ति यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भने सुगर तथा प्रेसरका निम्ति समेत उपयोगी मानिएको छ ।

वनस्पतिबाट एन्टीफङ्गल, एन्टीभाइरल, एन्टीएर्बोटीफीसेन्ट (अधिग्रोबिरुद्ध) प्रतिरक्षात्मक क्षमता पैदा गर्छ भने प्रोटिन, भिटामीन बि ६, भिटामिन सी, क्याल्सीयम लगायत बिभिन्न पौष्टिक तत्वहरूको प्रचुर श्रोतका रुपमा यसलाई लिइएको छ ।

दैनिक ७ ग्राम मोरिङ्गा ३ महिनासम्म नियमित सेवन गरेका ३० जना महिलाहरूको रक्त परिक्षणमा चिनीको मात्रा १३.५ प्रतिशतले कमि आएको हेल्थलाइन डटकमको रिपोर्टमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार