चुलाचुलीका चट्याङ पिडित दल बहादुरलाई १ लाख सहयोग

चुलाचुली : चुलाचुली गाउँपालिका वडा नं. १ कमल निवासी दल बहादुर योङ्हाङ्ग लाई प्रवासी नेपालीहरूले १ लाख ६ हजार अार्थिक सहयोग गरेका छन् ।

गएको असार ८ गते अविरल बर्षा संगै परेका चट्याङले पिडितकाे घर आगलागी भएको थियाे । घर पुन:निमार्णकाे लागि मलेसियाबाट छत्रहाङ जवेगुकाे नेतृत्वमा २७ जना नेपाली दाजुभाइले गरेको सहयोग संकलन रकम भने, भदौ ४ गते पिडितकै घरमा गई साजन जवेगुद्वरा हस्तान्तरण गरिएको थियाे । जवेगुकाे अनुसनर, अझै रकमको खाचो भएकोले सहयोग को लागि हार्दिक अपिल गर्दै आगलागी पीडित दल बहादुर लाई सहयोग गर्न इच्छुक हुनुहुनेहरूले ९८०६०८२०१५ मा सम्पर्क गर्न सकिने जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार