भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु, ७ जना घाइते

कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका–८, गोप्चामा बिहीबार भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–९ का ६५ वर्षीय पन्चराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको उइगंर भ्यानले ठक्कर दिँदा साइकलयात्री चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकलयात्रीले बाटो काट्नेक्रममा भ्यानले ठक्कर दिएको र ठक्कर दिएपछि भ्यान बिजुलीको पोलमा ठोक्किँदा भ्यानमा सवार ७ जना यात्रीसमेत  घाइते भएको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार