धान फल्ने खेत बाँझीदै

पाँचथर : पाँचथरको सुख्खाग्रस्त क्षेत्र कुम्मायक र तुम्बेवा गाउँपालिकामा अधिकाशं खेति योग्य जमिनहरु बाँझीन थालेपछि स्थानियहरु चिन्तित भएका छन । बर्षेनी बर्षाद कम भएकै कारण खेति योग्य जमिनहरु बाँझीने क्रम बढ्दै जान थालेको हो । सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरि दुवै गाउँपालिकामा दिर्घकालिन रुपमा तमोर लिफ्ट खानेपानी आयोजनाको काम अघि बढिरहेको छ ।

जिल्लाले दुबै गाउँपालिकालाई कम्जोर स्थानिय तहको रुपमा लिएको छ । स्थानियहरुको प्रतिब्याक्ती आयस्तर प्रत्येक बर्ष घट्दो क्रममा रहेको छ । बितेका ६ बर्ष यता कुल उत्पादनको ६५ प्रतिशतमा मात्रै उत्पादन हुने गरेको गाउँपालिकाको तथ्याङमा उल्लेख भएको छ ।

बर्षेनी बाताबरणीय प्रभावको कारण बर्षाद कमहुदै जानथालेपछि, खेतियोग्य जमिनहरु बाँझीदै जानथालेको हो । कुम्मायक गाउँपालिकामा असारको अन्तिम समय बित्न लाग्दा समेत धान रोपाई शुन्य जस्तै भएको छ ।

प्रयाप्त बर्षाद नभएकै कारण धान उत्पादन हुन छाडेको कुम्मायक गाउँपालिका वडा न. ५ का स्थानिय कृषक मनोज चेम्जोङले बताए । उनका अनुसार, केही बर्ष अगाडी मात्रै खेतमा प्रशस्तै धान उत्पादन हुने गर्द्थियो । खानलाउँनको अभाब थिएन् तर अहिले धान उत्पादन हुने खेतहरु बाँझीए छन् ।

जताजतै खानेपानीको हाहाकारको अबस्थामा धान रोप्ने आस पनि मरिसकेको छ । बर्षाद नभएका कारण धान उत्पादन नहुदा तराई क्षेत्र र भारतबाट चामल ढुवानी गरेर खानबाध्य हुनुपरेको चेम्जोङको दुखेसो छ ।

गाउँपालिकाको १२९.३० बर्ग्किलोमिटर क्षेत्रफल रहेको छ । उत्पादित कृषिजन्य बस्तुले ४ महिना देखि ६ महिना सम्म मुस्कीले छाकटर्ने गरेको छ । गाउँपालिकाले आगामी योजनामा कृषिलाई आधुनिक ढंगबाट योजना बनाउँने बिषयमा छलफल गर्दै आएकोे गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताउँछन् ।

मौसम सुहाउँदो कुन क्षेत्रमा के ? उत्पादन हुन्छ, त्यसको अध्यान गरि मौसम अनुसारको कृषिबाली लगाउँन कृषकलाई प्रेरित गर्ने खालका कार्यक्रमहरु ल्याउँनको लागि गाउँपालिकाकाले योजना बनाउँदै गरेको चेम्जोङको दावि छ ।

यस्तै मध्येको अर्को तुम्बेवा गाउँपालिकामा पनि कृषकको पीडा कम छैन् बर्षभरी उत्पादन गरेको अन्नले ४ देखि ५ महिना सम्मपनि गर्जे टार्न हम्मे हम्मे पर्ने गरेको वडा न. ३ का स्थानिय कृषक कृष्ण भण्डारी बताउँछन् । भण्डारीले केही बर्ष अगाडी मात्रै भकारी भरी धान भिञ्याउँथे तर अहिले अन्न किनेर छाक टार्नुपर्ने बाध्यतामा पगेका छन् । अन्नबाली बेचेर दुईचार पैसा कमाउँने कृषकहरुले अहिले अन्न किनेर गुजार चलाउँदै आएको प्रति तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापा पनि चिन्तित छन् ।

खोला खेति हुनेहरुको पनि राम्रो बर्षाद नहुदा धान उत्पादन घट्ने गरेको छ । त्यसमा पनि कतिपय आकाशे पानीको भरमा धान रोपाई हुने गरेको छ । ‘गाउँपालिकाले अब पुरानो खेति प्रणाली भन्दा पनि आधुनिक खेति प्रणालीको बिकाश गर्ने तर्फ योजना बनाईरहेको छ । मौसम अनुसारको खेतीपाती नगरे गाउँपालिका खाधन्यमा आन्मनिर्भर बन्न सक्दैन्’ थापाले भने ।

दुबै गाउँपालिकामा उत्पादन हुने अन्नवालीहरुमा समेत खडेरीले असर पु¥याउँदै आएको छ । खाद्यान्नमा आत्मनिर्भर बन्न नसकेका दुबै स्थानिय तह जिल्लाकै कम्जोर स्थानिय तहको रुपमा लिनेगरेको पाईन्छ । कुम्मायक गाउँपालिकामा ३८ सय ४३ घरधुरी रहेका छ । भने कुल जनसंख्या १८ हजारको हाराहारीमा छ ।

यस्को अनुपातमा हेर्ने हो भने तुम्बेवा गाउँपालिकामा कम जनसंख्या रहेको छ । गाउँपालिकामा २८ सय घरधुरीका । १३ हजार ४१९ जनसंख्या रहेको छ । यो संख्या जिल्लाकै स्थानीय तहको मध्येको कम संख्या हो । दुबै स्थानिय तहमा बर्षेनी कृषिजन्य बस्तुको उत्पादन घट्दै गईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार