ट्याकटरले ठक्कर दिदा एक युवक को ज्यान गयो

माङसेबुङ : गए राति ७ बजेको समयमा इलामको  माङसेबुङ गाँउपालिका  ३ मा ट्याकटरले ठक्कर दिदा एक युवक  को ज्यान गएको छ |

माङसेबुङ बाट दमक तर्फ जादै गरेको ना ६ त ४०२३ नम्बरको ट्याकटरले पैदल यात्री माङसेबुङ गाँउपालिकाका ३० बर्षीय शरण राईलाई ठक्कर दिई धाईते बनाएको र उपचारको लागि दमक झापा तर्फ लाने क्रममा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ |

गाडी चालक फरार रहेकोले खोजी कार्य भईरहेको छ भने  गाडी घट्‍ना स्थलमानै रहेको प्रहरीले जनाएको छ |

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार