स्वरोजगारको लागि युवालाइ तालिम

गोबिन्द पौडेल रोङ : रोङ ४ को पहरीगाउमा युवालाइ स्वरोजगारबनाउन वेत बासको लालिम संचालन गरिदै आएको छ ।

घरेलु उद्योग कार्यलय इलाम र रोङ गाउपालिकाको सहयोगमा संचालित तालिममा १२ जना युवाहरुको सहभागिता रहेको छ । स्थानिय स्ततरमा पाइने बासबाट बन्न सक्ने सामाग्रीहरु मुडा , टेबल कुर्सी , आलना , र्याक र हेङ्गर ,दराज लगायत बासका सजावट र चिनोजन्य सामाग्रीहरु उत्पादन गरेर युवाहरुलाइ स्वरोजगार बनाउने उदेश्य राखेर संचालन गरिएको सो तालिमको अवधिमा प्रशिक्षर्थीएहरुले निक्कै राम्रा राम्रा सामाग्रीहरु निमार्ण गर्न थालेका छन् ।
गत बैशाख १६ गतेबाट दुइ महिनाको लागि संचालिन प्रस्ताबित रोङ गाउपालिकाको मुख्यालय रहने परिगाउको रेसम खेती भवनमा संचालित तालिममो सहजीकरण भक्ति प्रसाद चापागाइले गरिरहेको वडा नं ४ का वडासदस्य कमल कुमार राइले बताए ।

यता युवाहरुमा बेरोजगारी बढेर बिदेश पलायनको लर्को लागीरहेको बेलामा युवाहरुमा संभावनाको खोजी गर्दै आत्मा निर्भर र स्वरोजगार बनाउने प्रयास स्वरुप तालिम संचालन गरिएको र तालिममा सिकेको सिपको प्रयोग गरेर आर्थिक समृद्धि गर्ने आशा रहेको वडाध्यक्ष सुर्य राइले बताए ।

गाउमानै बेरोजगार भएर बस्नुभन्दा केहि सिक्ने प्रयासमा गाउपालिका र घरेलुकार्यलयले सहयोग गरेको र सिकेको सिपको उपयोग गरेर सामुहिक रुपमा उद्योृग खोल्ने बिचार गरेको तालिममा सहभागि सन्दिप राइले बताए । उनी भन्छन् सिप त सिकियो उद्योग संचालन, दर्ता, र बजारीकरणमा समस्या देखिन्छ यसको लागि गाउपालिका र घरेलु कार्यलयले सहयोग गरेमा बजारमा रोङको चिनो पुर्याउन सकिने भएको छ ।

यता इलाममा आउने पर्यटकहरुले इलामको चिनो पाइदैन भनेर गुनासो गरिरहदा परिगाउका युवाहरुले बनाएको हस्तकलाको सामाहरु पर्यटकहरुकोलागि इलामको चिनो समेत बन्न सहयोगी हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार