प्याङमा नेतृत्व विकास तथा संस्थागत क्षमता विकास तालिम सम्पन्न

नयाँ बुलन्द

प्याङ : इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङमा नेतृत्व विकास तथा संस्थागत क्षमता विकास सम्बन्धी दुई दिने तालिम आज सम्पन्न  भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद माइजोगमाई ६ प्याङको आयोजनामा भएको  तालिम आदिवासी जनजातीहरुको नेतृत्व र क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको  थियो  ।

तालिमममा विभिन्न जातीय सस्थामा आवद्ध ५१ जना आदिवासी जनजातिहरुको सहभागिता रहेको थियो  । तालिमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष तथा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले सहजीकरण गरेका थिए  ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार