
विराटनगर : सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा सवार दुई जना पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौंडाबाट मंगलबार बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको अवस्थामा १४८ किलो गाँजा फेला परेको हो ।
एम्बुलेन्सको प्रयोग गरेर भारत कटाउन खोजिएको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















































