शिक्षिकाको जन्मदिनमा विद्यार्थीलाई झोला वितरण

  नयाँ बुलन्द
287 Shares

इलाम : इलाम नगरपालिका-१२ साङ्गरुम्बास्थित रत्नलक्ष्मी आधारभूत विद्यालयमा कार्यरत शिक्षिका गंगादेवी अधिकारीको जन्मदिनको अवसर पारेर १५ जना विद्यार्थीहरूलाई झोला वितरण गरेकी छन् ।

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा झोला वितरण गरेकी हुन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविनकुमार लिम्बू, प्रधानाध्यापक उमाकान्त भट्टराई, विव्यस सदस्य यामबहादुर कटुवाल, ठगेन्द्र कटुवाल, जानुका खड्का कोइराला, विद्यालयमा सञ्चालित अक्षयकोष निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष भरतकुमार घिमिरे लगायतको उपस्थितिमा १० जना विद्यार्थीलाई प्रिन्टेड शैक्षिक झोला (किताब व्याग) हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।

त्यसैगरी साङ्गरुम्बाकी गोमादेवी घिमिरे (बराल) को पहलमा माइतीगाउँका पाँच विद्यार्थीलाई पनि झोला वितरण गरिएको विद्यालयले जनाएको छ ।

अधिकारी तर्फबाट १० र वरालको तर्फबाट ५ वटा झोला वितरण गरिएको जनाइएको छ । विद्यालयका विद्यार्थीहरूको अध्ययनप्रति उत्साह जगाउन तथा प्रेरित गर्न झोला वितरण गरिएको अधिकारीले बताइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार