इलाम नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जनप्रतिनिधि र कर्मचारीबाट १० लाख बढी सङ्कलन

इलाम : गत असोज १८ गतेको प्राकृतिक विपदबाट प्रभावित नागरिकको सहयोगार्थ इलाम नगरपालिकामा रु १० लाख २२ हजार एक रुपैयाँ राहत रकम सङ्कलन भएको छ ।

इलाम नगरपालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा नगरभित्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र पूर्वकर्मचारीहरुको सहयोगबाट मङ्गलबारसम्म सो रकम सङ्कलन भएको नगरपालिकाका सूचना अधिकारी बबुल भक्तराजले जानकारी दिए ।

उनका अनुसार कोषमा जनप्रतिनिधिहरुले १० दिनको सेवासुविधा, कर्मचारीहरुले २ दपनको तलब, सामुदायिक विद्यालयका शिक्षकहरुले १ दिनको तलब र पूर्वकर्मचारीहरुले स्वेच्छिक सहयोग रकम जम्मा गरेका छन् ।

नगरपालिकाले सो रकम स्थानीय तह प्रकोप व्यवस्थापन कोषमार्फत विपद् व्यवस्थापन, राहत, पुनर्वास तथा पुनर्निर्माणका कार्यमा प्रयोग गरिने जनाइएको छ । नगरपालिकाले यसअघिको नै विपद्को समयमा सहानुभूति र सहयोगका हात अघि बढाउन आह्वान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार