
इलाम : इलाममा सवारी चालकहरुलाई लागू पदार्थ सेवन ( लापसे )परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले सोमबार ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत लापसे , सवारी चालकहरुको स्वास्थ परिक्षण र सवारीको यान्त्रिक अवस्था जाँच गरेको इलाम ट्राफिक प्रमुख डम्बर बिक्रम दियालीले जानकारी दिए ।
जस्मा लापसे परिक्षण गर्दा ३ जनामा पोजेटिभ भेटिएको बताईएको छ । ट्राफिक सप्ताह अन्तर्गत ट्राफिक प्रहरीले इलाममा विभिन्न कार्यक्रम गरिरहेको जिल्ला ट्राफिक कार्यालय इलामले जानकारी दिएको छ ।

यस्तै यातायात सेवा कार्यालयले समेत संयुक्त रुपमा सवारीको जाँच गरिरहेको यातायात कार्यालय इलामका इन्जिनियर सुरज केसिले जानकारी दिए ।




















































